info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

मेयर बालेन शाहको पहलमा स्वास्थ्य अधिकार स्थापनातर्फ ठोस कदम

abcd
ad
source admin २०८२ आश्विन ३० गते, बिहीबार
3
Shares
181
Views
मेयर बालेन शाहको पहलमा स्वास्थ्य अधिकार स्थापनातर्फ ठोस कदम

काठमाडौँ महानगरपालिकाद्वारा सबै वडामा निःशुल्क स्वास्थ्य सेवा संचालन

काठमाडौँ महानगरपालिकाले मेयर बालेन शाहको नेतृत्वमा “स्वास्थ्य सबैको अधिकार” भन्ने मूल मन्त्रका साथ ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापनासहित निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गरेको छ।

महानगरको पहिलो वर्षमै पूर्वाधार विकासमा जोड दिइएपछि दोस्रो वर्षमा १ लाख २४ हजारभन्दा बढी नागरिकले सेवा लिएका थिए भने तेस्रो वर्षमा यो संख्या बढेर १ लाख ९४ हजार १९३ पुगेको छ। चालु आर्थिक वर्षको श्रावण र भदौ महिनामा मात्र ४१ हजार ९७१ जनाले सेवा लिइसक्दा यो वर्ष कम्तीमा २ लाख ५० हजार नागरिकले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।

मेयर बालेन शाहको पहलमा १० वटामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको छ। प्रत्येक केन्द्रमा MBBS चिकित्सकद्वारा दैनिक सेवा र विशेषज्ञ चिकित्सकद्वारा तालिकाअनुसार उपचार भइरहेको छ। आवश्यक परेमा सेवाग्राहीलाई सिभिल, वीर वा टिचिङ अस्पतालमा रेफरल गरिन्छ।

नागरिकलाई उपचार मात्र होइन, रोगप्रतिरोधात्मक स्वास्थ्यमा पनि जोड दिँदै बालेन शाहले ‘आरोग्य जीवन स्वर्णिम योजना’ मार्फत विद्यालय स्वास्थ्य शिक्षा, मानसिक स्वास्थ्य, दीर्घरोग नियन्त्रण, योग–आयुर्वेद, पोषण कार्यक्रम, खोप अभियानलगायत सेवा सुरु गरेका छन्।

२५० भन्दा बढी निःशुल्क औषधि, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, मातृत्व सेवा र एकीकृत एम्बुलेन्स सेवा समेत उपलब्ध छ।
मेयर बालेन शाहले भने, “निःशुल्क स्वास्थ्य सेवा नागरिकको हक हो, र त्यो सुनिश्चित गर्नु हाम्रो प्रतिबद्धता हो।”

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
Ak
Ak
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
प्रचण्डले फेरि छोडे माओवाद
प्रचण्डले फेरि छोडे माओवाद
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ”  - महावीर पुन
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ” - महावीर पुन