info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

कुवेत पराजित भएपछि जापानसँगै नेपाल पनि सुपर–६ मा प्रवेश

abcd
ad
source admin २०८२ आश्विन २३ गते, बिहीबार
0
Shares
81
Views
कुवेत पराजित भएपछि जापानसँगै नेपाल पनि सुपर–६ मा प्रवेश

आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इएपी छनोटमा नेपालले सुपर–६ चरणमा स्थान सुनिश्चित गरेको छ।

समूह–२ को खेलमा बिहीबार जापानले कुवेतलाई ५ विकेटले हराएपछि कुवेत लगातार दुई खेलमा पराजित हुँदै बाहिरियो र नेपाल तथा जापान अन्तिम खेलअघि नै सुपर–६ मा पुगे।

नेपालले बुधबार कुवेतलाई ५८ रनले हराएको थियो। जापानले पनि बिहीबार कुवेतले दिएको १७८ रनको लक्ष्य ३ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। जापानका इसम रहमानले ३९ बलमा ९ चौका र २ छक्का सहित ६४ रन जोडे। कप्तान कोडावाकी फ्लेमिङले १९ बलमा २८ रन, रविचन्द्रनले २९ बलमा ३९ रन र ताकाहाशीले १५ बलमा २६ रन बनाए।

अब शुक्रबार नेपाल र जापानबीच समूह विजेताका लागि खेल हुनेछ। यो खेलको नतिजाबाट प्राप्त अंक सुपर–६ मा समेत गन्ने भएकाले दुवै टोलीका लागि खेल महत्वपूर्ण हुनेछ।

यस छनोटबाट शीर्ष तीन टोलीले भारत र श्रीलंकामा फेब्रुअरी–मार्च २०२६ मा हुने आइसिसी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्। सुपर–६ मा पुग्न समूहको शीर्ष २ आवश्यक छ भने विश्वकपको लागि सुपर–६ को शीर्ष ३ भित्र पर्नु पर्नेछ।

नेपाली टोलीले हालै युएईमा वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज २–१ ले जितेर इतिहास रचेको थियो र अब लगातार दोस्रो तथा समग्रत: तेस्रो पटक विश्वकपमा पुग्ने लक्ष्यमा छ।

समूहहरू:

समूह १: युएई, मलेसिया, कतार
समूह २: नेपाल, कुवेत, जापान
समूह 3: ओमान, पिएनजी, सामोआ

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
Ak
Ak
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
प्रचण्डले फेरि छोडे माओवाद
प्रचण्डले फेरि छोडे माओवाद
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ”  - महावीर पुन
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ” - महावीर पुन