info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

कोशी प्रदेशमा २ अर्ब ६ करोडको भौतिक पूर्वाधार क्षति

abcd
ad
source admin २०८२ आश्विन २३ गते, बिहीबार
0
Shares
35
Views
कोशी प्रदेशमा २ अर्ब ६ करोडको भौतिक पूर्वाधार क्षति

विराटनगर, असोज १९।
असोज १८ र १९ गतेको अविरल वर्षाका कारण कोशी प्रदेशभर २ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको भौतिक संरचना क्षति भएको प्रदेश सरकारले जनाएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजना मात्रै १ अर्ब ९८ करोड रुपैयाँ बराबरका क्षतिग्रस्त भएका छन् भने खानेपानी तथा सिँचाइ आयोजनामा ८ करोड रुपैयाँभन्दा बढी क्षति पुगेको छ।

सबैभन्दा बढी क्षति इलाम, पाँचथर, ताप्लेजुङ, झापा र ओखलढुंगामा पुगेको बताइएको छ। पाँचथरमा मात्रै ४२ करोड, ताप्लेजुङमा ४ करोड ७५ लाख, र ओखलढुंगामा ११ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ।

प्रदेशभरका ७३ वटा सडकमध्ये ४४ वटा पूर्ण अवरुद्ध, २९ वटा आंशिक क्षतिग्रस्त छन्। साथै, २३ वटा पुलमध्ये १२ वटा पूर्णरूपमा क्षति, र २० वटा झोलुङ्गे पुल पूर्ण रूपमा नष्ट भएका छन्।

यसैबीच, कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले राहत, पुनर्निर्माण र अत्यावश्यक सेवा प्रभावकारी बनाउनका लागि ३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी रहेका छन्।

सरकारले तत्कालका लागि इलाममा २५ लाख, झापामा १० लाख, र पाँचथर, मोरङ र सुनसरीमा प्रतिजिल्ला ५–५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ, जसबाट अस्थायी मर्मत र राहत कार्य अघि बढाइनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
Ak
Ak
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
प्रचण्डले फेरि छोडे माओवाद
प्रचण्डले फेरि छोडे माओवाद
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ”  - महावीर पुन
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ” - महावीर पुन